Premier Cables
Premier Steel

शेयर बजार

ओरालो लागेको सेयर बजार घट्ने क्रम जारी

Calendar आइतबार, भाद्र ०१, २०८२  | साँझ ५:०९ बजे

काठमाडौं । साउन १५ गते ३ हजार बिन्दु नजिक पुगेर ओरालो लागेको सेयर बजार घट्ने क्रम जारी छ ।

साताको पहिलो कारोबार दिन आज नेप्से सूचक २५.७० अंकले घटेर २७६२.७० विन्दुमा बन्द भएको छ ।

बिज्ञापन

आज २ करोड ५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बजार अहिले २७ सयको लाइनमा अड्किएको छ । बजार लगभग ११ महिनासम्म साइडवेजमा रह्यो ।

मौद्रिक नीति र चालु आर्थिक वर्षको बजेटले बजारमा चार्म देखियो । नयाँ आर्थिक वर्षसँगै बढेको बजारले लगानीकर्ता उत्साहित भएका थिए । तर यो धेरै दिन टिकेन । बजारले गति लिन नसक्दा लगानीकर्ता अन्योलमा छन्।

ब्याजदरसहित नीतिगत विषयहरु सहज हुँदै गएकाले बजार थप सकारात्मक हुने लगानीकर्ताको आशा थियो । तर लगातार बजार घटेपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

नोट: अन्तिम १५ मिनेटको कारोबारको औसत गणना बजार बन्द भएको केही समयपछि मात्र आउने भएकाले त्यसपछि नेप्से सूचकमा सामान्य तलमाथि हुन सक्नेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka