Premier Cables
Premier Steel

विराटनगर समाचार

साउनको दोस्रो सोमबार, बोलबम यात्रामा भक्तजनको घुइँचो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | बिहान ८:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । साउन महिनाको दोस्रो सोमबारको अवसरमा “बोल बम” यात्राका लागि सयौं भक्तजन देशका विभिन्न शिवालयमा पुगेका छन्। भक्तिभावसहितको यात्रा आज बिहानैदेखि सुरु भएको हो।

धरानस्थित पिण्डेश्वर धाममा बिहानैदेखि भक्तजनको ठूलो भीड देखिएको छ। यस्तै, झापाको अर्जुनधारा, विराटनगर तथा आसपासका क्षेत्रहरूबाट समेत भक्तजन झारखण्ड (भारत) स्थित धार्मिकस्थलहरूसम्म पुगेका छन्।

बिज्ञापन

प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारमा रहेको सुन्दरीजलमा स्नान गरी, शुद्ध वस्त्रमा सजिएर भक्तजनहरूले त्यहीँको जल बोकेर पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा रहेको छ।

आजको बोल बम यात्रा बोल बम काँरिया संघ र सनातन युवा मञ्च नेपालको आयोजनामा सम्पन्न भएको हो। सुन्दरीजल प्रहरी प्रभागका अनुसार, आजको यात्रामा करिब १० हजारभन्दा बढी भक्तजन सहभागी भएका छन्।

पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको भीडलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले आज बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरिएको जानकारी दिएको छ।

साउनको सोमबार विशेष पूजाआजा, जल चढाउने तथा व्रत गर्ने हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिन्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka