Premier Cables
Premier Steel

विराटनगर

मुख्यमन्त्री कार्कीले भ्रमण भत्ता नलिँदा राज्यकोषमा २० लाख रुपैयाँ बचत

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ११, २०८२  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भ्रमण भत्ता नलिँदा राज्यकोषमा २० लाख रुपैयाँभन्दा बढी रकम बचत भएको छ।

मुख्यमन्त्री कार्की प्रदेश राजधानी विराटनगरबाट बाहिर जाँदा वा संघीय राजधानी काठमाडौँ जानेबेला राज्यले दिएको भ्रमण भत्ता र अन्य सुविधा लिँदैनन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कार्कीले जिम्मेवारी सम्हालेयता कुनै पनि भ्रमण भत्ता लिएका छैनन् ।

बिज्ञापन

मुख्यमन्त्री कार्यालयका लेखा प्रमुख पेशल पोखरेलका अनुसार, सेवा सुविधा सम्बन्धी प्रदेशको कानुन अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रदेश राजधानी बाहिर जाँदा दैनिक ३ हजार रुपैयाँ भ्रमण भत्ता लिन पाउने प्रावधान छ। तर कार्कीले यस अवधिभर कुनै अतिरिक्त भत्ता वा सुविधा नलिएको कार्यालयले जनाएको छ ।

२०७४ सालमा प्रदेश सरकार गठन हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका कार्कीले करिब तीन वर्षको कार्यकालमा पनि भ्रमण भत्ता लिएका थिएनन्। पछिल्लो पटक मुख्यमन्त्रीको पद सम्हालेदेखि करिब दुई वर्ष भत्ता नलिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा मात्रै करिब २४ पटक सरकारी कामका लागि काठमाडौँ गएका कार्कीले भत्ता लिएको भए करिब ४ लाख रुपैयाँ खर्च हुने थियो। समग्रमा मन्त्री र मुख्यमन्त्रीको कार्यकालको हिसाब गर्दा प्रदेश सरकारको करिब २० लाख रुपैयाँभन्दा बढी बचत भएको कार्यालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa