Premier Cables
Premier Steel

मौसम

तराईका केही भू-भागमा हावाहुरी र भारी वर्षाको सम्भावना

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | बिहान ८:२१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भारी वर्षाको सम्भावना छ।

अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाले बताएको छ। आज देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

बिज्ञापन

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ। पछिल्लो २४ घन्टामा देशभर हल्कादेखि मध्यम वर्षा भएको छ।

पछिल्लो २४ घन्टामा लम्जुङको बेसीसहरमा ९० दशमलब २ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, खुदी बजारमा ८८, फलेनीमा ६७ दशमलब ४, भुजुङमा ५० दशमलब २, सिन्धुपाल्चोकको चन्दर्कुमा ६७, काठमाडौंको बूढानीलकण्ठमा ४७ दशमलब ६, कास्कीको चोम्रोङमा ४८ दशमलब ८ मिलिमिटर वर्षा भएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka