Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

मौनता तोड्दै शेखर–गगनबीच बाेलचाल, काठमाडाैमा गरे गुट बैठक

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १६, २०८२  | साँझ ६:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरूसँग छलफल गरेका छन् ।

शेखर र गगन थापाबीच निकै लामो सयमदेखि सम्वाद भएको थिएन । यो कुरा थापाले केहीअघि विराटनगरमै आयोजित एक कार्यक्रममा बताएका थिए । तर, शुक्रबार शेखरले डाकेको बैठकमा गगन पनि पुगेका छन् । आगामी महाधिवेशनमा दुबै जना सभापतिका दाबेदार छन् । तर अघिल्लो महाधिवेशनमा भने एउटै गुटबाट चुनाव लडेका थिए ।

बिज्ञापन

१४ औं महाधिवेशनमा आफ्नो समूहबाट उम्मेदवार भई निर्वाचित भएका उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियारलगायतसँग कोइरालाले शुक्रबार बिहान छलफल गरेका हुन्।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार नेताहरूबीच बालुवाटारस्थित सचिवालयमा छलफल भएको हो। ‘समसायमिक राजनीतिक घटनाक्रम लगायतबारे नेताहरूबीच आज छलफल भएको हो,’ उनले भने।

स्रोतका अनुसार क्रियाशील सदस्यतालगायत विभिन्न विषयमा छलफल भएको थियो। नेता कोइरालाले लामो समयदेखि आफ्नो समूहसँग छलफल गरेका थिएनन्।

कांग्रेसमा महामन्त्री थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ। उक्त समिति सदस्यहरूमा सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) छन्।

पार्टीको पछिल्लो पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणमा नेताहरूको साथ खोजेका थिए।

असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणका सम्पूर्ण काम सक्न थापाले यसअघि नै मातहत निकायहरूमा निर्देशन पठाइसकेका छन्। कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर २१ सयभन्दा धेरै उजुरी छन्।

नेता कोइरालाले समयमै १५ औं महाधिवेशन हुनुपर्ने बताइरहेका छन्। २०७८ मा १४ औं महाधिवेशन भएकोले चार वर्षको अन्तरालमा १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्ने हो।

तर सभापति शेरबहादुर देउवाले पार्टी विधानले दिएको अधिकारअनुसार विशेष परिस्थिति देखाएर एक वर्ष कार्यकाल थप गर्ने तयारी गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa