Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बाङ्ग्लादेशमा वायुसेना विमान दुर्घटना, १६ जनाको मृत्यु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | साँझ ५:०७ बजे
Hamro Biratnagar Headlines

ढाका । बाङ्ग्लादेशमा वायुसेनाको एउटा विमान सोमवार अपराह्ण राजधानी ढाकामा दुर्घटनामा पर्दा कम्तीमा १६ जनाको मृत्यु भएको बीबीसी बाङ्ग्लाले जनाएको छ।

वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ।

बिज्ञापन

उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो।

दुर्घटनामा परी १५० जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सहयोगी प्राध्यापक सयेदुर रहमानले हताहत हुने मानिसको सङ्ख्या पुष्टि गरेका हुन्।

अधिकांश घाइतेहरू उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ७३ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटना हुँदा उक्त विद्यालयमा परीक्षा सञ्चालन हुँदै गरेको त्यहाँका एक विद्यार्थीले बीबीसी बाङ्ग्लालाई बताएका छन्।

“जाँच सकिएपछि म बाहिर उभिएको थिएँ। त्यसपछि मेरो आँखैअगाडि विमान भवनमा ठोक्कियो,” फरहान हसन समुद्रले भने। उनी १० कक्षाका विद्यार्थी हुन्।

उनका अनुसार परीक्षा हलभित्रै भएका उनका एक साथीको मृत्यु भयो।

हताहत हुनेमध्ये केही अभिभावकहरू पनि भएको ठानिन्छ।

“विद्यालयको ढोकाबाहिर धेरै अभिभावकहरू उभिएका थिए, विद्यार्थीहरू पनि बाहिर निस्किँदै थिए,” समुद्रले भने।

सरकार के भन्छ?
सरकारले उक्त दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने सरकारका कानुनी सल्लाहकार प्राध्यापक असिफ नजरुलले बताए।

घाइतेहरूलाई भेट्न उनी अस्पताल गएका थिए।

“हामी यो घटनाका कारण निकै दुःखी छौँ। सरकारले मङ्गलवार देशभरि शोक मनाउने घोषणा गरिसकेको छ,” उनले भने। बीबीसी

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka