Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्डको माग, मानवताविरुद्ध अपराधको आरोप

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३१, २०८२  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अभियोजन पक्षले मृत्युदण्डको सजाय माग गरेको छ। उनीमाथि गत वर्ष भएका विद्यार्थी आन्दोलनहरूलाई दमन गर्न मानवताविरुद्ध अपराध गरेको आरोप लागेको छ।

गत वर्ष बंगलादेशमा भएका ती विद्यार्थी आन्दोलनहरू निकै हिंसात्मक बनेका थिए। सुरक्षाकर्मीको कठोर कारबाहीका कारण करिब १,४०० जनाको ज्यान गएको थियो। यस हिंसात्मक घटनापछि शेख हसिना सत्ता गुमाउन बाध्य भइन्।

बिज्ञापन

हाल हसिना भारतमा शरण लिएर बसेकी छन्। बीबीसीका अनुसार, अदालतमा एक अडियो क्लिप प्रस्तुत गरिएको छ, जसमा कथित रूपमा हसिनाले सुरक्षा बलहरूलाई प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न निर्देशन दिइरहेकी सुनिन्छ। यद्यपि, हसिनाले यी सबै आरोप अस्वीकार गरेकी छन्।

बंगलादेशका प्रमुख सरकारी वकिल (मुख्य अभियोजक) ताजुल इस्लामले भने, “हसिनाको निर्णयले १,४०० जनाको ज्यान गएको हो। त्यसैले उनी मृत्युदण्डको हकदार हुन्।” उनले थपे, “यो सजाय १,४०० पटक सम्भव नभए पनि कम्तीमा एकपल्ट मृत्युदण्ड दिनु आवश्यक छ।”

यस घटनालाई सन् १९७१ मा भएको बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भीषण हिंसा मानिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka