Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

भीम रावलको व्यंग्य : ओलीको ‘सत्ता मोह’ शान्त पार्न बाल्यकाल पनि घटाउने कि ?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेकपा (एमाले)का पूर्व नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति तीव्र व्यंग्य गर्दै कटाक्ष गरेका छन्। एमालेभित्र ७० वर्षे उमेर सिमाको प्रावधान हटाउने प्रस्तावप्रति प्रतिक्रिया दिँदै रावलले ओलीको ‘अतृप्त सत्ता मोह’ लाई लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।

रावलले ओलीको “झ्यालखानामा बसेको समय घटाउनुपर्छ” भन्ने अभिव्यक्तिलाई उद्धृत गर्दै भनेका छन्, “त्यो भए अब बाल्यकाल, सुतेको समय, र बिरामी परेर नगरेको कामको अवधि पनि घटाउने कि?” उनले आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट त्यसका लागि अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि? भन्दै व्यंग्यात्मक प्रश्न गरेका छन्।

बिज्ञापन

रावलले सामाजिक सञ्जालमा लेखेका छन्:

‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भए छ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि?’

भीम रावल एमालेको निर्णयप्रति पटक–पटक असहमति जनाउँदै आएका छन्। उनले यसअघि पनि नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रको माग गर्दै आलोचनात्मक भूमिका खेलेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka