Premier Cables

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक: आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०६, २०८३  | बिहान ७:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मंगलबार बिहान ९ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा पुनः सुरु हुँदै छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आजको बैठकबाट केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ। समय व्यवस्थापनका लागि प्रत्येक केन्द्रीय सदस्यलाई पार्टीको स्थिति, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक विषयमा बोल्न बढीमा तीन मिनेटको समय निर्धारण गरिएको छ।

विज्ञापन

सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेका नौ वटा एजेण्डामध्ये बाँकी आठ एजेण्डामाथि आजबाट कारबाही अघि बढाइनेछ। बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन, विभागहरूको गठन, पोलिटब्युरो तथा स्थायी कमिटीको गठनजस्ता महत्त्वपूर्ण एजेण्डा समावेश छन्।
यसबाहेक सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासनका विषयमा दृष्टिकोण तय गर्ने कार्य पनि यसै बैठकबाट हुनेछ।

एमाले स्रोतका अनुसार आज पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मनोनयन सम्पन्न गरी धारणाहरू सुन्ने कार्य गरिनेछ। पोलिटब्युरो, स्थायी कमिटी र नेताहरूको जिम्मेवारी बाँडफाँड भने बुधबार (भोलि) सम्ममा टुङ्ग्याउने तयारी रहेको पार्टीका एक पदाधिकारीले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka