Premier Cables
Premier Steel

राजनीति

एमाले महाधिवेशन आजबाट, देउवा -प्रचण्ड नजाने

Calendar शनिबार, मंसिर २७, २०८२  | अपराह्न १२:२६ बजे

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आजबाट सुरु हुँदैछ ।

अतिथि सत्कार समितिका अनुसार भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ ।

बिज्ञापन

समितिी सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको छ ।

तर, महाधिवेशनको उद्घाटनमा कांग्रेसबाट कार्यवहाक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् । खड्काको सचिवालयले यसको पुष्टि गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइएको थियो । तर, नेता देव गुरुङ सहभागी हुने भएका छन् ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा छ । यसकारण एमालेको महाधिवेशनको उद्घाटनमा गुरुङ जान लागेका हुन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka