






काठमाडौं । मौद्रिक नीतिपछि लगातार उकालो लागेको सेयर बजार साताको पहिलो दिन आज २ अंकले घटेको छ ।
प्रि-ओपनिङदेखि नै उकालो लागेको बजार दिउँसो १ बजेसम्म ५० अंकले बढेर २९ सय २२ अंकमा पुगेको थियो । तर लगानीकर्ता नाफा बुक गर्नेतर्फ लागेपछि अन्तमा २.८७ अंकले घटेर २८ सय ६७.७६ बिन्दुमा बन्द भएको छ ।
यस दिन ३१६ कम्पनीको ५ करोड १६ लाख कित्ता शेयर १ लाख ७८ हजार पटक खरिद बिक्री हुँदा २१ अर्ब १६ करोड भन्दा बढीको कारोबार भएको छ । जुन ११ महिना यताको सबैभन्दा बढी हो ।
कारोबार रकम भने झन्डै पाँच अर्बले बढेर २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत बिहीबार १६ अर्ब ५९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज एक लाख ७८ हजार १७६ पटकमा पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा १०५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४४ कम्पनीको सेयरमूल्य घटेको छ । पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा ११ महिनापछिकै उच्च मूल्यको कारोबार
नेप्सेका अनुसार, ९ प्रतिशतभन्दा बढी सेयरमूल्य बढ्नेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सान्भी इनर्जी, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छन् ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।