Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा उच्च अंकको वृद्धि, २७ सय विन्दुमाथि उक्लियो नेप्से

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार उच्च अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.५८ प्रतिशत अर्थात ४२.२६ अंकले बढेर २ हजार ७१४.८१ विन्दुमा पुगेको छ ।

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले बढेर ४६७.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३९ वटा स्क्रिप्टको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज होटल समूह सर्वाधिक अर्थात ३.३६ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह १.२४, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स ०.९७, होटल ३.३६, हाईड्रो १.७७, लगानी २.५४, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.३९, लघुवित्त १.५४, म्युचुअल फण्ड १.०४, निर्जीवन बीमा १.६५, अन्य १.४४ र व्यापार समूह ०.३७ प्रतिशतले बढ्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka