Premier Cables
Premier Steel

राजनीति

बजेट शुन्यता र पत्रकारको आन्दोलन ‘अन्देखा’ गर्दै इटहरीका मेयर भारत भ्रमणमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | अपराह्न १२:४९ बजे
Hamro Biratnagar Headlines

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल भारतका विभिन्न धार्मिक स्थलहरूको भ्रमणमा निस्किएका छन्। उनले वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिएर नगर छाडेका हुन्।

हाल उपमेयर सङ्गीता चौधरी पारिवारिक कारणले बिदामा रहेकाले कार्यवाहकको जिम्मा वडाध्यक्ष श्रेष्ठलाई दिनु परेको बताइएको छ।

बिज्ञापन

तर मेयरको भारत भ्रमण समयको संवेदनशीलता र जिम्मेवारीबाट पन्छिएको प्रतीकका रूपमा आलोचना भइरहेको छ। असार मसान्तसम्ममा बजेट पास गर्नुपर्ने संवैधानिक बाध्यता हुँदाहुँदै पनि अनुसूची विनाको बजेट पारित गर्ने प्रयास गर्दा नेकपा एमालेका जनप्रतिनिधिहरूको तीव्र विरोध भएको थियो। एमालेको बहुमत रहेको कार्यपालिका र नगर सभामा बजेट पारित नभएपछि नगर सभा अनिश्चितकालका लागि स्थगित गरिएको छ।

यस कारण नगरपालिकाको विभिन्न शाखा–महाशाखामा बजेट होलीडे अवस्था सिर्जना भएको छ। वडाबाट छनोट भएर आएका योजनाहरू रोकिएका छन्, कर्मचारीहरू कामविहीन बनेका छन्।

यसैबीच माओवादी केन्द्रले इटहरीका जनप्रतिनिधिहरू असक्षम रहेको टिप्पणी गरिसकेको छ।

अर्कोतर्फ, मेयर पौडेल सामाजिक सञ्जालमा दिएको एक अभिव्यक्तिका कारण पनि विवादमा छन्। असार २० गते उनले फेसबुकमा इटहरीको पत्रकारितामाथि टिप्पणी गर्दै “दानापानी लिएर समाचार लेखिन्छ” भन्ने अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिपछि नेपाल पत्रकार महासंघ, सुनसरी आन्दोलनमा उत्रिएको छ। महासंघले उक्त आरोप पुष्टि गर्न वा सार्वजनिक माफी माग्न दबाब दिइरहेको छ।

नेपाली कांग्रेस इटहरीका नगर सभापति समेत रहेका मेयर पौडेलले उपसभापति कोविदजंग कार्कीलाई पार्टीको जिम्मेवारी सुम्पेर भारत गएका हुन्।

नगरको नेतृत्व संकट र बजेट अलमलमा परेको अवस्थामा मेयरको विदेश भ्रमण तथा अभिव्यक्ति विवादले इटहरीको प्रशासनिक स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। नेपाल पत्रकार महासंघ सुनसरीले आइतबार पनि मेयरको अभिव्यक्तिको विरोधमा इटहरीमा प्रदर्शन गर्दै छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka