Premier Cables
Premier Steel

राजनीति

अन्ततः मोदीले दिए ओलीलाई भारत भ्रमणको निम्तो, भदौ ३१ गते दिल्ली जाने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारतको दुई दिने आधिकारिक भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यो भ्रमण अहिलेसम्मकै छोटो भारत यात्रा हुने सम्भावना छ। ओलीको नेतृत्वमा रहेको सरकारी प्रतिनिधिमण्डल भदौ ३१ मा दिल्ली जाँदैछ भने असोज १ मा नै स्वदेश फर्किनेछ।

बिज्ञापन

स्रोतका अनुसार यसपटक भ्रमणमा ठूला एजेन्डाहरूमा छलफल हुने सम्भावना कम भए पनि दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने, विगतका समझदारीलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरू अघि बढाउने विषयमा ध्यान केन्द्रित गरिनेछ। भ्रमणअघि दुई देशबीचको सीमा व्यवस्थापनका लागि गृहसचिवस्तरीय बैठक ‘बोर्डर वर्किङ ग्रुप ’ दिल्लीमा बस्नेछ, जसका लागि तयारी थालिएको छ।

आज आइतबार, बीडब्लुजी बैठकका लागि तयारी बैठकसमेत राखिएको छ।

गत वर्ष चैतमा थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच एक्लाएक्लै भेट भए पनि सौहार्दपूर्ण वातावरण बन्न नसकेको बताइएको थियो। त्यही सन्दर्भमा नेपाल–भारत सीमा विवाद, विशेषतः चुच्चे नक्सा र लिम्पियाधुरा–लिपुलेकको विषय फेरि प्राथमिकतामा पर्ने देखिन्छ।

नेपालले २०७७ सालमा संविधान संशोधन गरेर नयाँ राजनीतिक नक्सा जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेको थियो, जसप्रति भारतले असन्तुष्टि जनाउँदै आएको छ। संविधान संशोधन प्रधानमन्त्री ओलीकै पहलमा सर्वदलीय सहमतिमा पारित गरिएको थियो।

प्रधानमन्त्री ओलीको आसन्न भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धमा नयाँ गति ल्याउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka