Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति

बिरुवा बोकेर जंगल छिरे वाइसिएल कार्यकर्ता

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | साँझ ६:२५ बजे
Hamro Biratnagar Headlines

धरान । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल, कोशी प्रदेश समितिले वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरी आफ्नो श्रम अभियानको सुरुवात गरेको छ। वाइसिएल सुनसरीसँगको सहकार्य र धरान उपमहानगर समितिको व्यवस्थापनमा धरानस्थित कालिखोला सामुदायिक वनमा वृक्षारोपण र सरसफाइ गरेर अभियानको उद्घाटन गरिएको हो।

वाइसिएल कोशीका अध्यक्ष विक्रम लिम्बूका अनुसार, यो अभियान प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुर लगायत १० जिल्लामा एकसाथ विभिन्न कार्यक्रमसहित सुरु भएको छ। यसै क्रममा वाइसिएल इलामले माइ नगरपालिकाको नमुना सामुदायिक वन उपभोक्ता समितिमा सरसफाइ, वृक्षारोपण र बेसार रोप्ने कार्यक्रम आयोजना गरेको थियो।

बिज्ञापन

यो प्रदेशस्तरीय अभियान वाइसिएलले देशभर सञ्चालन गरेको ‘श्रम तथा उत्पादनमा वाइसिएल’ नामक राष्ट्रिय अभियानकै एक हिस्सा हो। राष्ट्रिय अभियानको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको सुनाकोठीमा वृक्षारोपण, इँटा लगाउने, नाली सफा गर्ने र चौरको घाँस काटेर गरेका थिए ।

वाइसिएलको गत असार १७ र १८ गते बसेको पदाधिकारी बैठकले साउन र भदौ महिनामा दुईमहिने श्रम अभियान सञ्चालन गर्ने निर्णय गरेबमोजिम देशभर यो कार्यक्रम अघि बढाइएको जनाइएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka