Premier Cables

राजनीति विराटनगर

माओवादी केन्द्र विराटनगरकाे कार्य विभाजन : चन्दन मण्डललाई तीन जिम्मेवारी

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १७, २०८२  | राती ८:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर महानगर समितिले संगठनको आन्तरिक सुदृढीकरणका लागि कार्य विभाजन टुंग्याएको छ। समितिको निर्णयअनुसार युवा नेता चन्दन कुमार मण्डललाई तीनवटा महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ।

महानगर अध्यक्ष दिनेश राजवंशी (देव) द्वारा असार १६ गते जारी गरिएको परिपत्रअनुसार मण्डललाई विराटनगर–१ को वडा इन्चार्ज, पार्टीको पुलिस प्रशासन विभाग प्रमुख र योङ कम्युनिस्ट लिग (वाइसीएल) विराटनगर महानगर संयोजकको जिम्मेवारी दिइएको हो।

विज्ञापन

गत असार ३ गते अध्यक्ष राजवंशीको अध्यक्षता र केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले (समर) को प्रमुख आतिथ्यमा सम्पन्न बैठकले कार्य विभाजन सम्बन्धी निर्णय गरेको थियो।


अन्य नेताहरूको जिम्मेवारी

निर्वाचन क्षेत्र नं. ४ का संयोजक: कुलप्रसाद (केपी) चौलागाईं

क्षेत्र नं. ५ का संयोजक: रञ्जित मण्डल

क्षेत्र नं. ६ का संयोजक: भरत गिरी गोसाईं

त्यस्तै, विभागीय प्रमुखहरूमा:

स्कुलिङ विभाग: महेन्द्र प्रसाद मण्डल

स्वास्थ्य विभाग: मो. रेहान

आर्थिक विभाग: मनिष सोनी

परिपत्रमा श्रावण १५ गतेभित्र महानगरस्तरीय नियमित बैठक, वडा कमिटी बैठक, वाइसीएल सम्मेलन तथा टोल कमिटी पुनर्गठन लगायतका सांगठनिक कार्य सम्पन्न गर्न निर्देशन दिइएको छ। साथै, पार्टी कार्यालयका लागि भवन खोज्ने र आर्थिक व्यवस्थापनका लागि लेवी संकलनसम्बन्धी निर्णयसमेत गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka