Premier Cables
Premier Steel

राजनीति

प्रचण्डको सुरक्षामा खटिएका प्रहरी फिर्ता, अब पूर्व जनसेनाले सुरक्षा दिने

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूको मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका नेता तथा योङ कम्युनिस्ट लिग (वाईसीएल)का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आपत्ति जनाएका छन्।

गृह मन्त्रालयको निर्णयअनुसार मापदण्डभन्दा बढी संख्यामा सुरक्षाकर्मी प्रयोग गरिरहेका पूर्वपदाधिकारीहरूको सुरक्षा तत्काल फिर्ता गर्न सुरक्षानिकायलाई निर्देशन दिइएको थियो। सो निर्णय सार्वजनिक भएपछि दीपशिखाले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश पोखेका हुन्।

बिज्ञापन

उनले लेखेका छन्, “प्रचण्डलगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व जनमुक्ति सेनाले गर्दै आएका छन् र यथावत् गरिरहनेछन्। बुझ्नुपर्छ, ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तै हुन्छ।”

खबरअनुसार प्रचण्डका झण्डै ३४ सुरक्षाकर्मी फिर्ता गरिँदै छन्। यद्यपि, गृह मन्त्रालयले यो निर्णय सबै पूर्वपदाधिकारी र केही बहालवाला पदाधिकारीहरूमा पनि लागू हुने स्पष्ट पारेको छ।

दीपशिखाका अनुसार, प्रचण्डले भदौ २४ गते मात्र राज्यको सुरक्षा लिएका थिए। त्यसपछि भने भित्री सुरक्षा पूर्व जनमुक्ति सेनाले र बाह्य सुरक्षा वाईसीएलले गरिरहेको दाबी गरेका छन्।

वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार, प्रचण्डका लागि दुई तहको सुरक्षा व्यवस्था गरिएको छ—भित्री सुरक्षा पूर्व पीएलए र बाहिरी सुरक्षा वाईसीएलमार्फत। प्रचण्ड कुनै कार्यक्रममा जानुअघि वाईसीएलले सुरक्षाको पूर्व मूल्याङ्कन गरी व्यवस्थापन गर्ने बताएका छन्।

दीपशिखाले शान्ति सम्झौताअनुसार प्रचण्डलाई विशेष सुरक्षा दिनुपर्ने भन्दै सरकारले पूर्वाग्रह देखाउन नहुने तर्क गरेका छन्। खुमलटारस्थित निवास खरानी भएपछि प्रचण्ड हाल ललितपुरको सातदोबाटो क्षेत्रमा बस्दै आएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka