Premier Cables
Premier Steel

अपराध

मोरङमा अवैध पेस्तोलसहित दुई युवा पक्राउ, एक फरार

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | अपराह्न १:३५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध हतियारसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रंगेली र पोखरियाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा मंगलबार बिहान ६ बजे ती युवालाई घरमै छापा मारेर पक्राउ गरेको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, स्थानीय दिनेश मण्डलले बनाएको छाप्रोभित्र प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा पेस्तोल भेटिएको हो। बरामद गरिएको हतियारमा ‘मेड इन जापान’ लेखिएको सिक्सर पेस्तोल रहेको बताइएको छ। साथै सोही स्थानबाट एकथान खुकुरी, एक नक्कली पेस्तोल (नक), र मोबाइल फोन पनि बरामद गरिएको छ।

बिज्ञापन

हतियार लुकाएको आरोपमा प्रहरीले जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूकै संलग्नता रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। यस्तै, सोही घटनामा संलग्न रहेको आशंकामा २० वर्षीय मुकेशकुमार महतो फरार रहेका छन्, जसको खोजी कार्य तीव्र पारिएको छ।

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka