Premier Cables
Premier Steel

अपराध

विराटनगर विमानस्थलबाट करिब २७ लाख नगदसहित दुई जना पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २०, २०८३  | बिहान ९:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्।

शुक्रबार बेलुका करिब ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई प्रहरीले ११ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो। उनले उक्त रकमको स्रोत खुलाउन सकेका थिएनन्।

बिज्ञापन

त्यसैगरी शनिबार दिउँसो करिब ३:३५ बजे श्री एयरलाइन्सको उडानबाट काठमाडौं जान लागेका भारतको मालदह जिल्ला सुजागञ्ज निवासी ३६ वर्षीय मोहिदिल अलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको झोला जाँच गर्दा १५ लाख ९८ हजार रुपैयाँ फेला परेको थियो।

प्रहरीले दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवैलाई रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa