Premier Cables
Premier Steel

अर्थ

सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी, कसले कति मत पाए ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | बिहान १०:१६ बजे
Hamro Biratnagar Headlines

धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको हालै सम्पन्न निर्वाचनमा गोपाल श्रेष्ठ अध्यक्षमा विजयी भएका छन्। श्रेष्ठले १६०५ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी शिवराज श्रेष्ठलाई ९५८ मतको फराकिलो अन्तरले पराजित गरे। शिवराजले ६४७ मत ल्याएका थिए।

उद्योग सदस्यतर्फ कृष्ण प्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल, र महेन्द्र प्रधान विजयी भएका छन्। उनीहरूले क्रमशः ४८१, ५०३, ५५० र ५४६ मत प्राप्त गरे। यस पदका अन्य उम्मेदवारहरू उमेश अग्रवाल (२१३), खड्ग बहादुर बस्नेत ‘राजु’ (२१६), र शिवानन्द साह (२६१) मतमा सिमित भए।

बिज्ञापन

वाणिज्य महिलातर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै वाणिज्य महिलातर्फको सदस्य पदमा जित हासिल गरिन्। प्रतिस्पर्धी ममता शाक्यले ४५३ मत पाइन्।

वाणिज्य सदस्य पदमा विजयी उम्मेदवारहरू

अमित अग्रहरी (९०१)

किसन मास्के (७८५)

जयप्रकाश शर्मा (८५१)

नवीन राज भण्डारी (९२९)

रामस्वरूप शर्मा (८६३)

विवेक अग्रवाल (८४०)

शशी साह (८२०)

शैलेस कुमार आचार्य ‘प्रमोद’ (८९९)

अन्य उम्मेदवारहरूले कम मत प्राप्त गरे:

अर्जुन श्रेष्ठ (४०१)

उपेन्द्र चाम्लिङ (४८१)

कृष्ण ठाकुर (२६०)

चन्द्रबहादुर सुवेदी (२९०)

सागर प्रसाई (४८६)

सीताराम आचार्य (५२७)

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka