Premier Cables

राजनीति राष्ट्रिय

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले राजीनामा दिए

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ३१, २०८२  | अपराह्न १२:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूविरुद्ध उठेको घुस प्रकरणको अनुसन्धानमा सहजता होस् भन्दै पदबाट राजीनामा दिएका छन्।

मन्त्री गुप्ताले सोमबार बिहान फेसबुकमार्फत स्टाटस लेख्दै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको जानकारी दिएका हुन्। उनले लेखेका छन्, “अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु।”

विज्ञापन

गुप्तामाथि केही दिनअघि ‘घुस डिल’ को अडियो सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। अडियोमा उनी भूमि आयोगको नियुक्ति र मालपोत सरुवाजस्ता विषयमा पैसा लिँदै गरेको भनिएको छ।

उनले सामाजिक सञ्जालमार्फत आफू “प्रविधिको उच्चतम प्रयोगको शिकार” भएको दाबी गर्दै अरू कोही यस्तो स्थितिमा नपरोस् भन्ने आशा व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सोमबार बिहान बालुवाटार बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए।

गुप्ता नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले २०८० साल असार ३१ गते मन्त्री पद सम्हालेका थिए। ठीक एक वर्षपछि, घुस प्रकरणको विवादकै बीचमा उनले राजीनामा दिएका हुन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka