Premier Cables
Premier Steel

अर्थ विराटनगर

यस्तो बन्दैछ विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | अपराह्न ३:३३ बजे
Hamro Biratnagar Headlines

विराटनगर। विराटनगरस्थित क्षेत्रीय विमानस्थलको नयाँ टर्मिनल भवन तीव्र गतिमा निर्माण भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, विमानस्थल स्तरोन्नतिको योजनाअनुसार निर्माण कार्य अघि बढाइएको हो।

नयाँ टर्मिनल भवन निर्माणको काम सन् २०२३ को मार्चमा (२०७९ फागुन १ गते) तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा शिलान्यास गरिएको थियो। हालसम्म निर्माणको भौतिक प्रगति ४७ प्रतिशत नाघेको प्राधिकरणले जनाएको छ। भवन निर्माणको ठेक्का २०८२ सालको मंसिरभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो।

बिज्ञापन

करिब २ अर्ब ५० करोड रुपैयाँ लागतमा कोशी/डाँफे जेभी निर्माण कम्पनीले निर्माण गरिरहेको भवनले प्रतिघण्टा ५५० यात्रु व्यवस्थापन गर्न सक्ने क्षमता राख्नेछ। टर्मिनलमा करिब डेढ दर्जन चेक-इन काउन्टर, भीभीआईपी लाउञ्ज, किड्स जोन, पत्रकार सम्मेलन हल, भन्सार क्वारेन्टाइन र व्यवसायिक पसलहरू रहनेछन्।

विराटनगर विमानस्थल पूर्वी नेपालका पहाडी जिल्लाहरूका लागि प्रमुख हवको रूपमा रहेको छ। व्यावसायिक केन्द्रको रूपमा परिचित विराटनगरमा यात्रुको चाप बढ्दो क्रममा छ। हाल बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले नियमित उडान सेवा दिइरहेका छन्।

नयाँ भवन सञ्चालनमा आएपछि पुरानो टर्मिनल भवन विस्थापित हुनेछ। यात्रुको चाप बढेपछि एयरलाइन्सहरूले पोखरा र भैरहवाजस्ता गन्तव्यहरूमा पनि उडान विस्तार गरेका छन्।

विमानस्थल कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९/८० मा विमानस्थलले १७ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। सोही अवधिमा तीन लाख २९ हजार ८९ जना यात्रु प्रस्थान गरेका थिए भने तीन लाख २९ हजार ९४९ जनाको आगमन भएको थियो। त्यस्तै, पाँच हजार ७५४ पटक विमान अवतरण र पाँच हजार ७५६ पटक प्रस्थान भएको विवरण छ।

विराटनगर विमानस्थलमा हाल १,५०० मिटर लम्बाइको धावनमार्ग रहेको छ, जसले आन्तरिक उडानहरू सहज बनाउने भूमिका खेलेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka