Premier Cables
Premier Steel

विराटनगर

मोरङका सीडीओ युवराज कट्टेलका दुई उद्देश्य- काम र खबरदारी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | अपराह्न २:०७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कट्टेलले आफ्नो कार्यकालका दुई मुख्य उद्देश्य काम र खबरदारी हुने बताएका छन्। उनले जिल्लामा सुशासन, सुरक्षा र विकासका कार्यहरूमा ठोस नतिजा दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङको कार्यकक्षमा विराटनगरका पत्रकारहरु संगको छलफलमा यस्तो बताएका हुन् ।

बिज्ञापन

हुलाकी राजमार्गमा सवारीसाधन आवागमन सहज बनाउन पहल गरिएको र कारागार निरीक्षणपछि सुधार गृहका बालबालिकालाई अन्य स्थानमा स्थानान्तरण गर्ने विषयमा निर्णय लिइने बताए ।‌
सीडीओ कट्टेलले भने,“हामी मोलाहिजा गरेर होइन, रिजल्ट दिएर काम गर्छौं। एक हप्ताभित्रै ठोस कदमहरू देख्न पाइनेछ।”

उनका अनुसार बजारमा हुने कालोबजारी नियन्त्रणका लागि अनुगमन टोली गठन गरिएको छ र नियमित कारबाही अगाडि बढाइने छ।
बाल सुधार गृहमा ३२ वर्षसम्मका थुनुवा राखिएका छन्। पछिल्लो समय बालबालिका पटक–पटक फरार हुने गरेका छन् । मोरङ कारागारभित्र सात जनाको मृत्यु साउन यता भएको पनि उल्लेख गरिएको छ।

मोरङका एसपी कवित कटुवालले सडक र सुरक्षा व्यवस्थापनका सन्दर्भमा रंगेली र हाइवे क्षेत्रमा संयुक्त चेकजाँच (जोइन्ट चेकिङ) सञ्चालनमा रहेको बताए ।

यस्तै, स्कुल र कलेज वरपर लागुऔषध बिक्री र दुर्व्यसन नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको जनाए । रानी क्षेत्रमा लागुऔषध र अपराध नियन्त्रण अभियान सञ्चालन भइरहेको बताए ।

लागूऔषध प्रयोगकर्तालाई स्वास्थ्यतर्फ कोशी अस्पतालमा उपचारका लागि रेफर गर्ने गरेको र आवश्यक परे सुधार गृहसमेत पठाउने कार्य भइरहेको कटुवालले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka