Premier Cables
Premier Steel

विराटनगर

पूर्वसांसद योगेन्द्र मण्डलद्वारा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता, चुनाव चिन्ह चापाकल

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २१, २०८२  | राती १०:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट २०७९ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पूर्वसांसद योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता गरेका छन्।

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दल दर्ता गर्न गरेको आह्वानअनुसार मण्डलले शुक्रबार नयाँ दलको विधिवत् दर्ता गराएका हुन्। पार्टीको चुनाव चिह्न ‘चापाकल’ नै रहने उनले बताएका छन्, जुन उनको स्वतन्त्र उम्मेदवारीको प्रतीक पनि हो।

बिज्ञापन

मण्डलले पुराना राजनीतिक दलहरूको कार्यशैली र नयाँ शक्तिहरूको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै देशलाई नयाँ दिशा दिन आफ्नै नेतृत्वमा पार्टी गठन गरेको बताए। उनका अनुसार, राजनीतिको फोहोरी खेल सफा गर्न र देशमा व्याप्त बेथिति अन्त्य गर्न आफू सक्रिय राजनीतिमा आएका हुन्।

‘पुराना दलहरूले जनताको भरोसा गुमाइसकेका छन् र नयाँ भनिएका शक्तिहरूले पनि अपेक्षा पूरा गर्न सकेका छैनन्,’ मण्डलले भने, ‘अब देशलाई स्वच्छ नियत र स्पष्ट भिजन भएको शक्तिको आवश्यकता छ।’

उनले ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ को सैद्धान्तिक आधार ‘नेपालवाद’ हुने बताएका छन्। उनका अनुसार, कुनै पनि राजनीतिक वादभन्दा देश र जनताको हित सर्वोपरि रहनेछ। पार्टीले लोकतन्त्रलाई मूल मन्त्र मानेर वर्तमान संविधानको दायराभित्र रहेर काम गर्ने जनाएको छ।

समानुपातिक प्रणालीको दुरुपयोग रोक्ने उद्देश्यले मण्डलले पार्टी विधानमै कडा प्रावधान ल्याउने तयारी गरिरहेका छन्। उनका अनुसार, ‘पार्टी अध्यक्ष र पदाधिकारीको तीन पुस्ता र केन्द्रीय सदस्यको दुई पुस्तासम्मका परिवारका सदस्यलाई समानुपातिक उम्मेदवार बनाउन निषेध गरिनेछ।’

संघीयता खारेजी वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखजस्ता संवेदनशील मुद्दामा अहिले कुनै ठोस धारणा नलिएको मण्डलले बताए। उनका अनुसार, ‘यी विषयमा विस्तृत अध्ययन र छलफलपछि जनताको हितमा हुने निर्णय मात्र लिइनेछ।’

जीवन विकास समाज जस्ता सामाजिक तथा वित्तीय संस्थाका संस्थापक मण्डलले आफ्नो राजनीतिक यात्रा सामाजिक सेवाकै विस्तार भएको बताएका छन्। उनले प्रशासनिक कमजोरीका कारण सामान्य नागरिकले भोग्नुपरेका कठिनाइहरू आफूले नजिकबाट देखेपछि प्रत्यक्ष राजनीतिमा होमिनु परेको बताएका छन्।

‘प्रदेश सरकारले दिएको अनुमतिपत्रमा एउटा मिति गलत हुँदा हाम्रो अस्पतालको सिटिस्क्यान र एमआरआई सेवा डेढ महिनादेखि बन्द छ,’ मण्डलले भने, ‘त्यो देखेपछि मौन बस्न सकिएन।’

अन्त्यमा, उनले आम नेपाली मतदातालाई आगामी निर्वाचनमा कुनै पनि दल वा उम्मेदवारको नियत, रणनीति र भिजन मूल्यांकन गरेर मात्र भोट दिन आह्वान गरेका छन्। मण्डलले आफ्नो पार्टीले देशलाई नयाँ र सकारात्मक दिशामा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka