Premier Cables

समाचार

खनारमा सिटी चालकसँग घुस लिने महिला ट्राफिक प्रहरी को हुन् ?

Calendar बुधबार, असार २५, २०८२  | साँझ ४:०४ बजे

विराटनगर । सुनसरीको खनारमा महिला ट्राफिक प्रहरीले एक जना सिटी रिक्सा चालकसँग घुस रकम लिँदै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमआर मनोज भूजेलले आफ्नो फेसबुक पेजमा यो भिडियो अपलोड गरेका छन् । घटना कहिलेको हो र कति रकम लिएको हो भन्ने सम्पूर्ण विवरण खुलाइएको छैन । चालकसँग घुसबापतको रकम लिने ट्राफिक प्रहरी को हुन भन्ने पनि स्पष्ट छैन ।

बिज्ञापन

तर, यो घटनाले राजमार्गमा खटिने प्रहरीले चालकहरुसँग कसरी रकम असुल्छन् भन्ने प्रस्टै देखिएको छ । यस किसिमका घटनाबारे जनस्तरबाट गुनासो र उजुरी हुने गरेपनि खासै कारवाही भएको भने पाइँदैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027