Premier Cables
Premier Steel

राजनीति

बैठक लाईभ नगरेकोमा कांग्रेस सभापति देउवालाई थकथक !

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | अपराह्न १:३६ बजे
Hamro Biratnagar Headlines

काठमाडौ ।नेपाली कांग्रेसले यसपटकको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) नगर्ने निर्णय गरेको छ। विगतमा सभापति शेरबहादुर देउवाको चाहनाअनुसार पार्टीको आधिकारिक फेसबुक र युट्युब च्यानलमार्फत बैठकहरू लाइभ गरिँदै आएको थियो। तर, यसपटक आन्तरिक रणनीति र संवेदनशील विषयहरू पनि छलफल हुने भएकाले प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

पार्टीभित्र यसअघि पनि केही केन्द्रीय सदस्यहरूले मसिना र गोप्य विषयहरू बैठकमा उठ्ने भएकाले बैठक लाइभ नगर्न सभापति देउवालाई ध्यानाकर्षण गराएका थिए। ९ महिनापछि बसेको केन्द्रीय समिति बैठक गत असार १६ गतेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो। यद्यपि बैठक लाइभ नभए पनि नेताहरूका अभिव्यक्ति सञ्चारमाध्यममा व्यापक रूपमा आइरहेका छन्।

बिज्ञापन

यही सन्दर्भमा सभापति देउवाले समेत “केन्द्रीय समिति बैठक लाइभ गरे पनि केही फरक पर्दैन रहेछ, जे बोलिन्छ त्यही सञ्चारमाध्यममा आइहाल्छ” भन्दै प्रतिक्रिया दिएका थिए।

कांग्रेसले पहिलो पटक २०८० साउन २ गते केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको थियो। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार यसपटक बैठक लामो समयसम्म चल्ने भएकाले व्यवहारिक रूपमा लाइभ सम्भव नहुने ठहर गरिएको हो। उनले छोटो अवधिका बैठकमा मात्र लाइभ गरिने स्पष्ट पारे।

पार्टीले अघिल्ला बैठकहरूमा तीनवटा क्यामेरा प्रयोग गरेर प्रत्यक्ष प्रसारण गरिँदै आएको थियो भने सो कार्यका लागि आठ जना जनशक्ति परिचालन गरिन्थ्यो। प्रत्यक्ष प्रसारण गर्दा दैनिक झन्डै एक लाख रुपैयाँ खर्च हुने कांग्रेसले जनाएको छ।

आजसम्म बैठक सक्ने तयारी भए पनि कांग्रेसले केन्द्रीय समिति बैठक सोमबार दिउँसो २ बजे बस्ने भनिए पनि प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन हुने भएकाले बैठक अपराह्न ३:३० बजेसम्म सारिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिएका छन्। अहिले पनि केही सहमहामन्त्री, महामन्त्री, उपसभापति र सभापतिको धारणा राख्न बाँकी छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka