Premier Cables
Premier Steel

समाचार

सुनवर्षीमा विधालय खाजामा अनियमितता : छानबिन अघि बढाइयो

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २१, २०८२  | साँझ ७:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रंगेली । सुनवर्षी नगरप्रमुखद्वारा विद्यालयको खाजामा अनियमितता प्रकरणमा छानबिन समिति गठन गर्ने तयारी गरेका छन् ।

नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशीले आदर्श माध्यमिक विद्यालयमा खाजाको अनियमितको विषयमा उजुरी परेपछि छानबिन समिति गठन गर्ने निर्णय गरेका छन्।

बिज्ञापन

नगरप्रमुख राजवंशीले भने, “हाजिरीमा कोरमेट गर्ने जो–कोही पनि उन्मुक्त हुनुहुन्न। आर्थिक वर्ष २०८०/८१ देखि हालसम्मका सम्पूर्ण कागजातको परीक्षण गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरिनेछ।”

विद्यालयमा देखिएको खाजा वितरणमा गम्भीर अनियमितताको उजुरीपछि नगरपालिकाले तत्परताका साथ छानबिन प्रक्रिया अघि बढाएको हो। राजवंशीका अनुसार यस कदमको उद्देश्य नगरपालिका प्रशासनमा पारदर्शिता र जवाफदेहिता कायम गर्नु हो।

नगरपालिका प्रशासनले यस मुद्दामा कुनै सम्झौता नगर्ने स्पष्ट संकेत दिँदै दोषी व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka