Premier Cables

विराटनगरशिक्षा

बाल मावि रानीको एसईई नतिजा लज्जास्पद, ४३ विधार्थीमा पाँच जना उतीर्ण

विषयगत शिक्षकको अभाव र जीर्ण भौतिक संरचनाले हैरानी

Calendar शुक्रबार, असार २०, २०८२  | बिहान ९:५० बजे

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित श्री बाल माध्यमिक विद्यालय, रानीको यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन इग्जामिनेसन) नतिजा अत्यन्तै लज्जास्पद आएको छ। कूल ४३ जना परीक्षार्थीमध्ये जम्मा ५ जना मात्र उतीर्ण भएका छन्।

विद्यालयका प्रधानाध्यापक अभिनन्दन यादवले विद्यालयमा विषयगत शिक्षकहरूको अभाव र जीर्ण भौतिक पूर्वाधार यस प्रकारको नतिजाको मुख्य कारण भएको स्पष्ट पारे। उनले भने, “हामीले सबै प्रयास गर्दा पनि शिक्षक र स्रोतको कमीले गर्दा प्रभावकारी पढाइ हुन सकेन। यो अवस्था सुधार गर्न अब निर्णायक पहल आवश्यक छ।”

बिज्ञापन

स्थानीय समाजसेवी कुबेर राईले भने,“यसअघि त एकजना पनि पास नहुने स्थिति थियो। यस पटक ५ जना उतीर्ण भएका छन् भन्ने पनि सानो प्रगति नै हो। शिक्षकहरूले जुन प्रतिबद्धता देखाउनुभयो, त्यसका लागि धन्यवाद दिनैपर्छ।”

साल २०८०/८१ को परिणाम अघिल्लो वर्षभन्दा झनै निराशाजनक देखिएको थियो। त्यो वर्ष ७ जना विद्यार्थी उतीर्ण भएका थिए भने यसपटक त्यो संख्या घटेर ५ मा सीमित भएको हो । विद्यार्थी संख्याको अनुपातअनुसार नतिजा अत्यन्तै कमजोर मानिएको छ।

यस सम्बन्धमा विराटनगर महानगरपालिकाको शिक्षा शाखा प्रमुखले विद्यालयको नतिजाप्रति निराशा व्यक्त गर्दै भने, “महानगरपालिकाको समग्र एसईई नतिजा यस वर्ष अपेक्षाकृत सकारात्मक देखिएको भए पनि श्री बाल मा.वि. रानीको नतिजा भने गम्भीर चिन्ताको विषय हो। अब आगामी वर्षमा सुधारका लागि योजना निर्माण गरिँदैछ।”

शिक्षा शाखा प्रमुखका अनुसार महानगरपालिकाले अब विद्यालय सुधारका लागि ठोस रणनीति लागू गर्ने तयारी गरेको छ। त्यस अन्तर्गत विद्यालयमा आवश्यक शिक्षकको व्यवस्था, पूर्वाधारको स्तरोन्नति, अभिभावक र समुदायको सहभागिता वृद्धि लगायतका कार्यक्रम अगाडि सारिने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो