Premier Cables
Premier Steel

विराटनगर शिक्षा

एभरेष्टले तान्यो ४ जीपीएका विधार्थी, फेरि इन्ट्रान्स लिइंदै

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २०, २०८२  | बिहान ८:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने सात जना विद्यार्थीले विराटनगर–५ स्थित एभरेष्ट कलेजमा अध्ययन गर्ने निर्णय गरेका छन्। तीमध्ये चार जना विद्यार्थीले बिहीबार नै कलेजमा भर्ना गरिसकेका छन्।

एभरेष्ट कलेजका अनुसार भर्ना भएका विद्यार्थीहरूमा सोही कलेजबाट एसईई दिएका प्रेम खतिवडा र कृती गोयल, झापाको गौरादहस्थित माउण्ट एभरेष्ट स्कुलका अर्पण राय, तथा मोरङ पथरी शनिश्चरेको वाल्मीकि स्कुलका निश्चल न्यौपाने रहेका छन्। बाँकी तीन जना ४ जीपीए प्राप्त विद्यार्थीले आइतबार भर्ना हुने तयारी रहेको कलेज प्रशासनले जनाएको छ।

बिज्ञापन

कलेजले कक्षा ११ का लागि विज्ञान र व्यवस्थापन संकायमा गरी जम्मा २४५ जना विद्यार्थी मात्रै भर्ना लिने जनाएको छ। विज्ञान संकायमा चार सेक्सनमा १४० जना र व्यवस्थापन संकायमा तीन सेक्सनमा १०५ जना विद्यार्थी भर्ना गरिनेछ। प्रत्येक कक्षामा ३५ जना मात्रै विद्यार्थी रहने व्यवस्था गरिएको छ।

यस शैक्षिक सत्रदेखि एभरेष्टले ‘कृत्रिम बौद्धिकता (AI)’ र ‘साइबर सेक्युरिटी’ जस्ता नयाँ तथा आधुनिक विषयका कक्षाहरू पनि सञ्चालन गर्ने तयारी गरेको छ। साथै, विद्यार्थीको शैक्षिक प्रगति अनुगमन गर्नका लागि ‘माई सेकेण्ड टिचर’ नामक प्लेटफर्म समेत प्रयोगमा ल्याइएको छ। यसमार्फत अभिभावकले आफ्ना सन्तानको सिकाइ स्तर बुझ्न सक्ने छन्, भने विद्यार्थीले सिकेका विषयहरू दोहोर्‍याएर अध्ययन तथा अभ्यास गर्न सक्नेछन्।

मेडिकल र इन्जिनियरिङ क्षेत्रमा लक्षित विद्यार्थीहरूका लागि ‘प्रि–मेडिकल’ र ‘प्रि–इन्जिनियरिङ’ कक्षाहरू पनि सञ्चालन भइरहेका छन्। यी कक्षाहरू काठमाडौंका ख्यातिप्राप्त संस्थाहरू नेम र पीईएका सहकार्यमा सञ्चालित छन्।

यसैबीच, अभिभावक र विद्यार्थीको आग्रहका आधारमा असार १८ गतेको प्रवेश परीक्षामा सहभागी हुन नसकेका पहाडी तथा वरपरका जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै पुनः प्रवेश परीक्षा असार २० गते (शनिवार) बिहान ८ बजे सञ्चालन गरिने भएको छ। कलेजका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार, मोरङ जिल्लाका केही विद्यार्थीहरूको विशेष अनुरोधमा पुनः परीक्षा आयोजना गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka