Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनसरीका सरकारी कार्यालयबाट एक दर्जन बढी बिचौलिया पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | साँझ ४:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इटहरी । विभिन्न सरकारी कार्यालय आसपास सक्रिय बिचौलियामाथि प्रहरीले कारबाही गर्दै एक दर्जनभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यातायात, मालपोत तथा जिल्ला प्रशासन कार्यालय क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।

सार्वजनिक सेवा प्रवाहमा सर्वसाधारणलाई हैरानी दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले यातायात कार्यालयबाट मात्रै ५ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार उनीहरू सेवाग्राहीसँग रकम माग्ने तथा सेवा प्रवाहमा अवरोध गर्ने कार्यमा संलग्न थिए।

बिज्ञापन

पक्राउ परेकाहरूलाई हाल इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान भइरहेको छ भने उनीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यसैगरी मालपोत, नापी तथा जिल्ला प्रशासन कार्यालय क्षेत्रबाट पनि आधा दर्जनभन्दा बढी बिचौलिया पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन्। नियन्त्रणमा लिइएका व्यक्तिहरूको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय मालपोत, नापी र यातायात कार्यालयहरूमा बिचौलियाको गतिविधि बढ्दै गएको र यसले सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढ्दै आएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka