Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

जेम्स वेब टेलिस्कोपले जीवनको सम्भावना बोकेको विशाल ग्रह पत्ता लगायो !

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बिहिबार, असार १९, २०८२  | बिहान ११:०५ बजे

काठमाडौं । नासाको जेम्स वेब अन्तरिक्ष दूरबीनले सम्भावित जीवन युक्त अर्को विशाल ग्रहको खोजीमा सफलता प्राप्त गरेको छ। यो ग्रह पृथ्वीभन्दा १०० गुणा बढी भारी भएको बताइएको छ र जीवन टिक्न सक्ने सम्भावना रहेको खगोलशास्त्रीहरूले जनाएका छन्।

यो नयाँ ग्रहलाई TWA 7b नाम दिइएको छ, जुन पृथ्वीबाट ३४ प्रकाश वर्ष टाढा रहेको एक युवाशाली रातो तारा TWA 7 वरपर परिक्रमा गरिरहेको छ।

बिज्ञापन

नासाका अनुसार प्रारम्भिक विश्लेषणबाट यो ग्रहको तापक्रम करिब १२० डिग्री फरेनहाइट (लगभग ४९ डिग्री सेल्सियस) रहेको देखिएको छ। वैज्ञानिकहरूको भनाइमा, जीवन ५ डिग्री फरेनहाइटदेखि २५१ डिग्री फरेनहाइटसम्मको तापक्रममा विकास हुन सक्छ।

खगोलशास्त्रीहरूको अन्तर्राष्ट्रिय टोलीले TWA 7 तारालाई घेरेको धुलोको घेरामा एक कमजोर इन्फ्रारेड स्रोत देखेपछि यसको खोजी सुरु भएको थियो। यो दूरी पृथ्वी र सूर्यको दूरीको करिब ५० गुणा टाढा रहेको छ।

वेब टेलिस्कोपको मिड-इन्फ्रारेड इन्स्ट्रुमेन्ट प्रयोग गरेर उक्त तारा वरिपरि देखिने उज्यालोलाई दबाई ग्रहलाई प्रत्यक्ष हेर्ने प्रविधि (हाई कन्ट्रयास्ट इमेजिंग) मार्फत ग्रहको अवलोकन सम्भव भएको हो।

यदि यो ग्रहको खोज पुष्टि भएमा, वेब टेलिस्कोपले प्रत्यक्ष छायाँचित्र (इमेज) आधारित ग्रह पत्ता लगाएको पहिलो पटक हुनेछ, जुन यसअघि सामान्यतया गुरुत्वीय लेन्सिङ (gग्रयाभिटेस्नल लेन्सिंग) प्रविधिबाट हुने गरेको थियो।

अनुसन्धान अनुसार, ग्रहले TWA 7 को धुलो घेराको बनावटलाई प्रभाव पारेको देखिएको छ। यो धुलो घेरा अहिले सम्मको सबभन्दा कम उमेरको घेरामध्ये एक हो, हालै नेचर पत्रिकामा प्रकाशित अनुसन्धानले उल्लेख गरेको छ।

अनुसन्धानको नेतृत्वकर्ता फ्रान्सको अब्जरभात्वार दे पेरिस–पीएसएल र युनिभर्सिटे ग्रेनोब्ल अल्पस् की वैज्ञानिक एन-मारी लाग्रांज भन्छिन्, “हाम्रो अवलोकनले TWA 7 मा ग्रहको उपस्थितिको बलियो संकेत देखाएको छ, र ग्रह ठीक त्यही स्थानमा पाइएको छ, जहाँ हामीले यस्तो ग्रह रहने अपेक्षा गरेका थियौं।”

यस खोजलाई जेम्स वेब टेलिस्कोपले साना तारा वरिपरि रहेका कम-भार भएका ग्रहहरू पत्ता लगाउने क्षमताको एक महत्त्वपूर्ण उदाहरणको रूपमा लिइएको छ।

जोन हप्किन्स विश्वविद्यालय तथा स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटकी अनुसन्धान सहायक माथिल्द मालिन भन्छिन्, “यो खोज ग्रह प्रणालीहरूको बुझाइमा एक रोमाञ्चक अगाडि बढाइ हो।”

यो खोजले ब्रह्माण्डमा जीवनयुक्त ग्रहहरूको सम्भावनालाई अझै बलियो बनाएको वैज्ञानिकहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka