Premier Cables
Premier Steel

कोशी प्रदेश

पहाड चढेका हात्ती मधेश फर्काउन पूर्वमन्त्रीकाे माग

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | राती ९:०९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । तराईका हात्तीहरू अब कोसी प्रदेशका पहाडी भेगसम्म उक्लिएर स्थानीय बासिन्दालाई दुःख दिन थालेका छन् भन्ने गुनासो प्रदेशसभा सदस्यहरूले उठाएका छन्। आइतबार बसेको कोसी प्रदेशसभाको बैठकमा सांसदहरूले हात्तीको आतंक नियन्त्रणका लागि विद्युतीय फेन्सिङ जडान गर्न सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शम्शेर राईले इलामका दूधै, बाघेटार, सलकपुर लगायतका स्थानहरूमा लामो समयदेखि हात्तीले बाली नष्ट गर्नुका साथै जनधनको क्षति गरिरहेको बताए। काेसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । “सलकपुरमा घर भत्काएको छ, मानसिक सन्तुलन गुमाएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको दुःखद घटना भएको छ,” उनले भने। उनले पहिलेदेखि सोलार फेन्सिङको माग गर्दै आएको तर बजेटमा यसका लागि व्यवस्था नभएको गुनासो गरे।

बिज्ञापन

सांसद राईले सिंचाइका लागि बनाइएका सिद्धिनहरहरूमा क्यानलको ढाक्ना नहुँदा मानिसहरू डुबेर मृत्यु हुने घटनाबारे पनि सदनलाई जानकारी दिए। पाटापुरमा एक स्थानीयको यस्तै घटनामा मृत्यु भएको उनले उल्लेख गरे।

त्यस्तै, कांग्रेसकै प्रदेशसभा सदस्य ममता तामाङ मगरले सुनसरीको बराहक्षेत्र नगरपालिकामा पनि हात्तीको उपद्रव बढ्दै गएको बताउँदै स्थानीयको सुरक्षाका लागि तत्काल कदम चाल्न सरकारलाई आग्रह गरिन्।

यसअघि राप्रपाकी प्रदेशसभा सदस्य सविना बजगाईंले मेचीनगरको बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणबारे सदनमा आवाज उठाउँदै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

प्रदेशसभा सदस्यहरूको माग छ— सरकारले तत्काल कदम चालेर विद्युतीय वा सौर्य फेन्सिङमार्फत हात्ती आतंक नियन्त्रण गरोस् र जनधनको सुरक्षा सुनिश्चित गरोस्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka