Premier Cables
Premier Steel

समाचार

सुन्दरहरैँचामा हात्तीले मान्छे मार्यो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, मंसिर २७, २०८२  | अपराह्न १२:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर ।‌ माेरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेलाई हात्तीले आक्रमण गरेको हो।

बिज्ञापन

स्थानीयका अनुसार दूध बेच्न जाँदै गर्दा बिहान करिब ५ बजे हात्तीले घिमिरेमाथि आक्रमण गरेको थियो। घटनास्थलमै उहाँको मृत्यु भएको जनाइएको छ।

बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा पछिल्लो समय हात्तीको चहलपहल बढ्दै गएको थियो ।

हात्तीकाे हुल खोरसाने हुँदै जंगलतर्फ लागेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka