Premier Cables
Premier Steel

शिक्षा

एसईई पास हुने विधार्थीलाई एभरेष्ट स्कुलकाे अभिनन्दन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १७, २०८२  | राती ८:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको प्रतिष्ठित एभरेष्ट बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल १७१ विद्यार्थी र उनीहरूका अभिभावकलाई अभिनन्दन गरेको छ।

विद्यालयले आयोजित विशेष कार्यक्रममा दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले पूर्ण ४ जीपीए हासिल गरेको उल्लेख गर्दै सबै विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनप्रति गर्व व्यक्त गर्यो।

बिज्ञापन

१७१ मध्ये १३३ जनाले ३.६१–४.० जीपीए र ३८ जनाले ३.२१–३.६० जीपीए प्राप्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल टिकाराम पुरीले विद्यालयको गुणस्तरीय शिक्षाले यो सफलता सम्भव भएको बताए।

जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको शुभकामना दिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka