Premier Cables
Premier Steel

राजनीति

हर्क साम्पाङको पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’, केन्द्रीय समिति २३ सदस्यीय

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | बिहान १०:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थापना गर्न लागेको ‘श्रम संस्कृति पार्टी’को नेतृत्व तहमा रहने पदाधिकारीहरूको टुङ्गो लागेको छ।

साम्पाङ स्वयं अध्यक्ष रहने गरी पाँच सदस्यीय पदाधिकारी समिति बनाउने प्रस्तावसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको हो।

बिज्ञापन

साम्पाङले आफ्नै श्रमदान अभियानलाई राजनीतिक उचाइ दिने उद्देश्यले असोज ७ गते निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया सुरु गरेका थिए। पार्टीको चुनाव चिन्हको रूपमा ‘माटोको ढिस्को’ प्रस्ताव गरिएको छ।

निर्वाचन आयोग स्रोतका अनुसार, पार्टीको केन्द्रीय नेतृत्वमा अध्यक्षमा हर्क साम्पाङ, उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहनेछन्।

पाँच सदस्यीय पदाधिकारीसहित २३ सदस्यीय केन्द्रीय समिति रहने गरी पार्टीको प्रारम्भिक संरचना प्रस्ताव गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka