Premier Cables
Premier Steel

कोशी प्रदेश

प्रहरी कार्यालयबाट लुटेको पेस्तोल इलाममा बिक्री, तीन जनालाई प्रहरीले समायो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | अपराह्न २:४३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये दुई जना झापाका तथा एक जना इलामका हुन्।

लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा प्रहरी टोलीले रानीपोखरीबाट लुटिएको २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पहिलो पक्राउ पर्ने व्यक्ति दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरी हुन्। जेनजी आन्दोलनका बेला काठमाडौं पुगेका पुरी पक्राउ परेपछि उनकी कोठाबाट रानीपोखरीबाट लुटिएको टाइप–५४ मोडेलको पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भयो।

सोधपुछमा पुरीले अर्को पेस्तोल दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको बताए। विश्व नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्। (विश्वदीप लिङ्देनले २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवारी दिँदा केपी शर्मा ओलीलाई पराजित गरेका थिए।)

पुरीको बयानपछि प्रहरीले विश्व लिङ्देनलाई घरमैबाट पक्राउ गर्यो। सोधपुछका क्रममा उनले आफूसँगको पेस्तोल इलामका एक साथीलाई बेचेको स्वीकारे।

उनको खुलासाका आधारमा प्रहरी इलामको चुलाचुली गाउँपालिका–४ आइतबारे पुगी ३० वर्षीय पवन हाङसुङ्वालाई पक्राउ गर्यो। उनले २० हजार रुपैयाँमा पेस्तोल किनेको र बारीमा गाडेर लुकाएको बयान दिए।

पवनको संकेतमा उत्खनन गर्दा रातो प्लास्टिक झोलामा बेरेर राखिएको, ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल बरामद गरियो। माटोमा गाडिएको कारण पेस्तोलमा खिया लागेको प्रहरीले जनाएको छ।

“विश्वले सुरुमा २० हजार रुपैयाँमा किनेको भने, पछि ‘राख्न दिएको’ पनि भन्यो,” अनुसन्धानमा संलग्न एक प्रहरी स्रोतले बतायो, “हामी लागुऔषध कारोबारको खोजीमा थियौँ, त्यही क्रममा हतियार भेटियो। तीनै जना लागुऔषध प्रयोगकर्ता जस्तै देखिन्छन्। रानीपोखरीले अब थप अनुसन्धान गर्छ।”

बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएकेे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka