Premier Cables

अर्थविराटनगर

कांग्रेसलाई मोरङका सुन व्यवसायीको चेतावनी : कर खारेज नभएसम्म सडक आन्दोलन रोकिदैन

Calendar सोमबार, असार १६, २०८२  | अपराह्न १२:१० बजे

विराटनगर । सुनमा लगाइएको विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) खारेजको माग गर्दै विराटनगरका सुनचाँदी व्यवसायीहरूले नेपाली कांग्रेसको ध्यानाकर्षण गराएका छन्। उनीहरूले स्पष्ट रूपमा चेतावनी दिएका छन् ‘कर नहटाइएसम्म आन्दोलन सडकमै जारी रहनेछ’।

सोमबार कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागद्वारा विराटनगरमा आयोजित अन्तक्रिया कार्यक्रममा व्यवसायीहरूले कर सम्बन्धी मागसहित ज्ञापनपत्र बुझाएका थिए। कार्यक्रममा सहभागी पार्टीका केन्द्रीय सदस्य गुरु बरालले व्यवसायीका गुनासा र सुझाव कांग्रेसको केन्द्रीय समितिको बैठकमा उठाउने प्रतिबद्धता जनाए। कांग्रेसको केन्द्रीय समिति ९ महिनापछि सोमबार बस्दै छ।

बिज्ञापन

नेपाल उद्योग परिसंघ कोसी प्रदेशका अध्यक्ष पवन शारडाले भनेका छन्, “सुन विलासिता मात्र नभई जीवनभर आवश्यक पर्ने वस्तु हो। सरकारले लगाएको करले वैध कारोबार प्रभावित भएर अवैध कारोबारलाई प्रोत्साहन दिने खतरा छ।” उनले सरकारको नीति परिवर्तन नभए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको समेत बताए।

व्यवसायी सडकमा किन?

सुनचाँदी व्यवसायी संघ विराटनगर–मोरङका अध्यक्ष शशिभुषण साहले सुनमा लगाइएको २% विलासिता कर र भ्याट खारेजको माग गर्दै सरकारको नीति विरुद्ध सडकमा आउन बाध्य भएको बताए। उनले भन्सार दर र सुनको शुद्धता परीक्षणसमेत सुधार्न माग गरे। उनका अनुसार मोरङ जिल्लामात्र १२५ सुन व्यवसायी संघमा आबद्ध छन्।

मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले व्यवसायी आन्दोलनमा रहे पनि सरकारले चासो नदिएको भन्दै गुनासो गरे। परिसंघका उपाध्यक्ष भीम घिमिरेले हरेक वर्ष हुने करसम्बन्धी अस्थिर नीतिले व्यवसायीहरू अन्योलमा परेको बताए।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष विपीन काबरा, उद्योग संगठन मोरङका उपाध्यक्ष, तथा उपभोक्ता अभियन्ता कृष्ण मार्सेलीले पनि नीति स्थिर र उद्योगमैत्री हुनुपर्नेमा जोड दिए। बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले जनताको हित विपरीत नीति नबनाउन आग्रह गरे।

कांग्रेस केन्द्रीय सदस्य बरालले भने, “देशभरबाट आएका व्यवसायीका गुनासा र सुझाव पार्टीको केन्द्रीय बैठकमा प्रस्तुत गरिनेछ। बजेट र कर नीतिसम्बन्धी सुझाव लिन मलाई पार्टीले यही उद्देश्यले खटाएको हो।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो