Premier Cables
Premier Steel

राजनीति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किइन् , एमाले सदस्यता नवीकरण

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार १४, २०८२  | साँझ ५:५१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन्। पार्टीका लोकप्रिय नेता स्व. मदन भण्डारीको ७४ औं जन्मजयन्तीका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफूले एमालेको सदस्यता नवीकरण गरी पुनः राजनीतिक यात्रा सुरू गरेको जानकारी दिइन्।

भण्डारीले फरक ढंगको राजनीतिक जिम्मेवारी (राष्ट्रपतिको भूमिका) बाट मुक्त भएसँगै पार्टीको निष्ठावान कार्यकर्ताका रूपमा पुनः संलग्न भएको जनाउँदै भनिन्, “अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु।”

उनले आफूलाई कुनै ठूलो व्यक्तिगत महत्वाकांक्षा नरहेको स्पष्ट पार्दै जनताको सेवा नै आफ्नो ध्येय भएको उल्लेख गरिन्। भावुक शैलीमा सम्बोधन गर्दै उनले जननेता मदन भण्डारीका भनाइहरू स्मरण गरिन्— “जनता भनेका भगवान हुन्” र “राजनीतिमा थकाई भन्ने शब्द हुँदैन”।

“यी आदर्शलाई मार्गदर्शनका रूपमा लिँदै म राजनीतिमा अघि बढेकी छु,” उनले भनिन्, “राजनीतिक यात्रामा अहिलेसम्म आइपुग्दा मैले धेरै कुरा सिकेकी छु, बुझेको छु र थप परिपक्व भएकी छु।”

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशले नेकपा (एमाले) मा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ। पार्टी भित्र उनको अनुभव र प्रतिबद्धतालाई आगामी दिनमा कसरी उपयोग गरिन्छ भन्नेमा राजनीतिक वृत्तको चासो बढेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka