Premier Cables
Premier Steel

राष्ट्रिय

पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति संधै नरम केपी ओली किन भए एकाएक गरम ?

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २६, २०८२  | बिहान १०:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी हालैमात्र विराटनगर र झापामा आयोजित केही कार्यक्रममा सहभागी भइन । झापामा त उनी पार्टीले आयोजना गरेको कार्यक्रममा पहिलो पटक औपचारिक रुपमै सहभागी भइन ।

विराटनगरमा उपप्रमुख तथा उपाध्यक्षको राष्ट्यि भेला उद्घाटन गरेर भण्डारी झापातर्फ लागेकी थिइन । तर, उनको यो पछिल्लो सक्रियताले नेकपा एमालेका अध्यक्ष केपी ओली भने चिढिएका छन् । गुटगत राजनीति गर्न लागेको भन्दै ओलीले काठमाण्डौमा आयोजित एक कार्यक्रममा भण्डारी लक्षित अभिव्यक्ति दिए । भण्डारी प्रति सँधै नरम देखिने ओली एकाएक गरम भएपछि राजनीतिक वृतमा समते चर्चा हुन थालेकाे छ ।

बिज्ञापन

भण्डारीको हालैको चीन भ्रमणपछि नेकपा एमालेभित्र राजनीतिक तरङ्ग देखिएको हो । भ्रमणपछि उनी पूर्वी नेपालका विभिन्न जिल्लाको दौडाहामा सक्रिय रहेकी छन् भने एमालेका स्थानीय नेताहरूसँग भेटघाट गर्दै आएकी छन्। यसरी पुनः सक्रिय देखिएको भण्डारीप्रति केही नेताहरूले उनलाई पार्टी अध्यक्षको हैसियतमा पुनः देख्न चाहेको अभिव्यक्ति दिएपछि पार्टीभित्र आन्तरिक असन्तुलन झन् चर्किएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली भने यस गतिविधिप्रति स्पष्ट असन्तुष्ट देखिएका छन्। अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा ओलीले नेताकार्यकर्तालाई बाहिरबाट ढुङ्गा नहान्नू चेतावनी दिँदै, पार्टीभित्र नेतृत्वका विषयमा कुनै आधिकारिक छलफल नभएको बताए। उनले विशेषतः भण्डारीको नाम नलिए पनि उनीमाथि लक्षित अभिव्यक्तिहरू दिँदै, ‘फलाना आउने अरे यहाँ’ भन्ने खालका अफवाहले पार्टी कमजोर पार्ने भन्दै कडा आलोचना गरे।

ओलीले पार्टीभित्र कुनै समूहगत राजनीति आवश्यक नरहेको भन्दै कार्यकर्तालाई यस्तो हल्लामा नपर्न आग्रह गरे। उनले महाधिवेशनको तयारीबारे कुनै निर्णय नभएको भन्दै, अहिले नेतृत्व परिवर्तनबारे चर्चा बाहिरी हल्ला मात्र भएको स्पष्ट पारे। भण्डारीलाई झापामा स्वागत गर्न एमालेका जिल्ला अध्यक्षदेखि केन्द्रीय नेतासम्मको उपस्थिति र उनीहरूद्वारा पार्टी अध्यक्षको रूपमा भण्डारीको समर्थन जनाइनुले ओलीको चिढचिढाहट थपिएको देखिन्छ।

पार्टीको आधिकारिक संरचना र निर्णय प्रक्रियाबिना भण्डारीको यथास्थितिमा सक्रियता, पार्टीभित्र नेतृत्वप्रति चुनौतीका रूपमा हेर्न सकिन्छ। ओलीले सरकारको स्थायित्व र सत्ता साझेदार दलहरूसँगको सहकार्यबारे पनि स्पष्ट धारणा राखे। उनले १३ महिनापछि काँग्रेसलाई सत्ता सुम्पने सहमति यथावत् रहेको र विपक्षी दलहरूबिचको चलखेल असफल हुने विश्वास व्यक्त गरे।

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी तयारी भइरहेको भन्दै उनले कार्यकर्तालाई एकताको सन्देश पनि दिए। यसरी, भण्डारीको सक्रियता र ओलीको चेतावनीले एमालेभित्र नेतृत्व, भूमिका र भविष्यको रणनीतिमा स्पष्ट द्विविधा उत्पन्न भएको देखिन्छ। यो द्वन्द्वले आगामी महाधिवेशनतिर पार्टी कुन दिशामा लम्किन्छ भन्ने कुरामा गहिरो प्रभाव पार्ने सङ्केत मिलेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa