Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

सार्वजनिक भए सर्वोच्च नेता खामेनी, इरानले ‘युद्ध जितेको’ दाबी

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | बिहान ९:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

तेहरान । लामो समयदेखिको अनुपस्थितिपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी अन्ततः सार्वजनिक भएका छन्। उनले बिहीबार टेलिभिजनमार्फत सम्बोधन गर्दै इसराइलविरुद्धको पछिल्लो युद्धमा इरानले विजय हासिल गरेको दाबी गरेका छन्।

उनको सम्बोधन पहिल्यै रेकर्ड गरिएको हो भने, त्यसको स्थानबारे जानकारी दिइएको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार खामेनी गाढा पर्दाको अगाडि, इरानी झण्डा र आफ्ना पूर्ववर्ती अयातोल्लाह खोमैनीको तस्वीरबीच बसिरहेको दृश्यमा देखिएका छन्।

बिज्ञापन

इरान–इसराइलबीचको तनाव उत्कर्षमा पुगेको समयमा खामेनी गम्भीर सुरक्षा सतर्कतासहित भूमिगत बंकरमा लुकेर बसेको बताइएको थियो। युद्धविराम घोषणा भइसकेपछि पनि उनी सार्वजनिक नभएपछि खामेनीको स्वास्थ्य अवस्था र सुरक्षाको विषयमा इरानी सर्वसाधारणदेखि अधिकारीसम्म चिन्तित बनेका थिए।

केही समययता उनी घाइते भएको वा आक्रमणमा मारिएको आशंका समेत सार्वजनिक हुँदै आएका थिए। यस्तै अड्कलबाजीबीच टेलिभिजनमा देखिएपछि इरानी जनताले राहतको अनुभूति गरेका छन्।

आफ्नो सम्बोधनमा खामेनीले इसराइलसँगको संघर्ष अन्त्य भएको बताउँदै त्यसको निर्णायक चरण अमेरिकी सैन्य अड्डाहरूमा इरानले गरेको सफल हमलाले टुंग्याएको बताएका छन्। उनले यसलाई इरानको रणनीतिक सफलता र क्षेत्रीय प्रभुत्वको संकेतका रूपमा प्रस्तुत गरे।

यद्यपि, खामेनी प्रत्यक्ष सार्वजनिक कार्यक्रममा देखिएका छैनन्, उनको भिडियो सम्बोधनले देशभित्रको असमञ्जस कम गर्न भने ठूलो भूमिका खेलेको देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa