Premier Cables

अन्तराष्ट्रिय

इरानी वार्ताटोली पाकिस्तान पुग्यो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २८, २०८२  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकासँग सम्भावित वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार राति पाकिस्तानको इस्लामावाद पुगेको छ।

टोलीको नेतृत्व इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन्।

विज्ञापन

प्रतिनिधिमण्डल ‘मिनाब १६८’ नाम दिइएको विशेष विमानमार्फत इस्लामावाद पुगेको हो। यो नाम इरानको मिनाबस्थित एक विद्यालयमा भएको घातक मिसाइल आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा राखिएको जनाइएको छ।

इस्लामावाद अवतरणपछि गालिबाफले सामाजिक सञ्जाल एक्समा एक भावनात्मक तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा विमानका सिटहरूमा चार बालबालिकाका फोटो, स्कुल ब्याग र फूलहरू राखिएको देखिन्छ। वार्ताकारहरूले ती बालबालिकालाई आफ्नो यात्राका ‘प्रतीकात्मक साथी’ का रूपमा प्रस्तुत गरेका छन्।

‘मिनाब १६८’ नाम फेब्रुअरी २८ मा मिनाब सहरको एक प्राथमिक विद्यालयमा भएको मिसाइल आक्रमणसँग जोडिएको हो, जसमा १६८ जनाको मृत्यु भएको थियो। मृतकमध्ये अधिकांश बालबालिका र विद्यालयका कर्मचारी थिए।

उक्त घटनाको जिम्मेवारीबारे इरानले अमेरिका र इजरायललाई दोष लगाएको छ। यता अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भने उक्त आक्रमण अमेरिकी सेनाबाट भूलवश भएको हुनसक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka