Premier Cables
Premier Steel

शेयर बजार

नेप्से परिसूचक निरन्तर दोस्रो कारोबार दिन स्थिर

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | अपराह्न ३:५८ बजे
Hamro Biratnagar Headlines

काठमाडाै । नेप्से परिसूचक निरन्तर दोस्रो कारोबार दिन करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन करिब स्थिर नै रहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ०.३३ अंक घटेर २६००.२० विन्दुमा बन्द भएकाे छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेकस ०.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ। यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स स्थिर रहेकाे छ।

नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ७६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६१ हजार ८२४ पटकको कारोबारमा ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मोदी इनर्जीको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३० रुपैयाँ १२ पैसा बढेर ३३१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन तेह्रथुम पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ९.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३६ करोडभन्दा बढकिो शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको करिब २५ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४३ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहकाे परिसूचक सर्वाधिक १.०७ प्रतिशत घटेकाे छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka