Premier Cables
Premier Steel

विराटनगर

विराटनगर जेलमा सजाय काटिरहेका एक कैदीको मृत्यु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ११, २०८२  | बिहान ७:२१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । लागुऔषध सम्बन्धी मुद्दामा मोरङ जिल्ला कारागारमा सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ।

कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार मोरङको सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मंगलबार साँझ विराट शिक्षण अस्पताल, बुढीगंगामा उपचारका क्रममा निधन भएको हो।

बिज्ञापन

ड्रग्ससम्बन्धी मुद्दामा दोषी ठहरिएपछि २०८१ पुस ४ गतेदेखि कारागारमा रहेका दर्जीलाई ज्वरो र खुट्टा सुन्निने समस्या देखिएपछि जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि असार ३ गते उनलाई थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो।

तर, लामो समयको उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि मंगलबार साँझ ७:५० बजे उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka