Premier Cables

शेयर बजार

नेप्से सूचक झिनो अंकले मात्र हरियो

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न ३:५१ बजे

काठमाडौं । सेयर बजार मंगलबार लगभग स्थिर जस्तै देखिएको छ । नेप्से सूचक सोमबार १.०८ विन्दुले बढेर २६०१.८४ अंकमा बन्द भएको छ । यस दिन ५ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको मात्र सेयर कारोबार भएको छ । मंगलबारको सुरुवाती कारोबारमा करिब ३० अंकले बढेपनि नेप्सेको वृद्धि टिक्न सकेन ।

दिनको अन्त्यमा नेप्से सूचक झिनो अंकले मात्र हरियो भएर बन्द भएको हो । बजारमा कारोबारीहरुले झिनो वृद्धिमै फाइदा दिन खोजेको देखिन्छ । असार मसान्त नजिकिँदै जाँदा बजार बजारका कारोबारी तथा लगानीकर्ताहरुलाई पनि बैंकको सावाँ ब्याज भुक्तानी गर्नुपर्ने दबाब हुन्छ । यस्तो अवस्थामा सावाँ ब्याज भुक्तानी गर्ने रकमको जोहो सेयर बजारबाटै गरिने हुँदा सूचकमा दबाब पर्न जान्छ ।

बिज्ञापन

यस दिन ३ सय १६ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बुटवल पावर कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनर परेका छन् ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka