Premier Cables
Premier Steel

शेयर बजार

छैटौं कारोबार दिन पनि घट्यो सेयर बजार

Calendar सोमबार, मंसिर २२, २०८२  | अपराह्न ३:२५ बजे

काठमाडौं । लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ ।

गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो । मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, चुनावको अनिश्चितताजस्ता प्रमुख कारण लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन ।

बिज्ञापन

९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढावमा रह्यो ।

सोमबार जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशत बढे । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् ।

त्यस्तै इङ्वा हाइड्रोपावरको ९.०३ तथा पियोर इनर्जीको ४.४ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको ५.१६, मेन्छियाम हाइड्रोपावरको ३.७३, गुहेश्वरी मर्चेन्ट बैंकको ३.६८ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, सागर डिस्टिलरी, राधि विद्युत् र झापा इनर्जी छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka