Premier Cables
Premier Steel

राष्ट्रिय

डा. संगीता मिश्र किन हाजिर भइनन् स्वास्थ्य मन्त्रालय ?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०९, २०८२  | अपराह्न १२:४६ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको बिदा असार ६ गते सकिए पनि उनी अझैसम्म मन्त्रालयमा हाजिर भएकी छैनन्। उनी केही समय विराटनगरको कोसी अस्पतालको मेसुको रुपमा समेत कार्यरत थिइन ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अनुसार डा। मिश्राले बिदा सकिएको दिनपछि आजसम्म कार्यालयमा उपस्थित नभएको पुष्टि गरिएको छ। ‘उहाँको बिदा असार ६ गते सकिएको हो,’ एक कर्मचारीले बताए, ‘तर त्यसयता उहाँ मन्त्रालय आउनुभएको छैन। उहाँले क्याबी ९भइपरी बिदा० लेखिदिन आग्रह गर्नुभएको थियो, तर स्वीकृत नभइसकेको कारण हामीले लेख्न सकेनौं।’

डा. मिश्राले गत फागुन २२ गतेदेखि नियमित बिदा लिएकी थिइन्। सचिव पदमा बढुवा प्रक्रिया तथा आफूले अपेक्षाअनुसार जिम्मेवारी नपाएको भन्दै उनले बिदा लिएको बताइएको छ। पछिल्लो समय उनलाई मन्त्रालयको समन्वय महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ।

पहिलो चरणमा नियमित घर बिदामा बसेकी उनी त्यसपछिका दिनहरू भइपरी आउने बिदा लिँदै कार्यालयबाट टाढा रहेकी हुन्। यद्यपि हालसम्म उनी पुनः कार्यस्थलमा फर्किएकी छैनन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka