Premier Cables
Premier Steel

स्वास्थ्य

डा. संगीता मिश्रासहित १४ जनाविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा दायर

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०२, २०८२  | साँझ ४:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौ ।‌ स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक तथा हालै अन्तरिम सरकारकी स्वास्थ्य मन्त्री नियुक्त भएकी डा. सङ्गिता मिश्रासहित १४ जना उच्च सरकारी अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा करिब १४ करोड ७ लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार, स्वास्थ्य सेवा विभागद्वारा खरिद गरिएको मेमोग्राफी मेसिन सम्बन्धी अनियमितता तथा मिलेमतोका आधारमा ठेकेदार कम्पनीलाई झुट्टा कागजातमार्फत भुक्तानी दिई भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरिएको हो।

बिज्ञापन

मुद्दामा संग्लग्न अन्य अधिकारीहरूमा तत्कालीन लेखा उपसचिव भुवन, व्यवस्थापन महाशाखा प्रमुख श्रवणकुमार थापा, डा. सुरेन्द्रप्रसाद चौरासिया, विवेककुमार लाल, सिता घिमिरे, दिपक अधिकारी, यादवप्रसाद सापकोटा, तिलकराम ढकाल, अशिष चौहान, पध्या मिश्र, सञ्जयकुमार साह, र सुन्दर भुसाल रहेका छन्।

मुद्दाको आरोप:
मेमोग्राफी मेसिन खरिदमा लागत अनुमान तयार गर्ने प्रारम्भिक चरणदेखि नै मिलेमतो भएको।

सम्झौताअनुसारका सम्पूर्ण सामग्री प्राप्त नहुँदै पनि Post Shipment Inspection (PSI) प्रतिवेदनमा झुटो विवरण प्रस्तुत गरिएको।

झुटा बिल, दाखिला प्रतिवेदन, र भुक्तानी प्रक्रिया बनाई सरकारी कोषबाट रकम निकासा गरिएको।

यो सम्पूर्ण प्रक्रिया बदनियतपूर्वक र ठेकेदारलाई लाभ पुर्‍याउने उद्देश्यले गरिएको अख्तियारको दाबी छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka