Premier Cables
Premier Steel

स्वास्थ्य

मन्त्री बन्न ठिक्क परेकी डा. संगीता मिश्र किन रोकिइन् ?

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०६, २०८२  | अपराह्न १:०१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । स्वास्थ्य मन्त्री पदका लागि सिफारिस भएकी डा.संगीता मिश्रा विवादमा परेपछि उनको मन्त्री बन्ने सम्भावना लगभग टरेको छ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत रहँदा भ्रष्टाचार गरेको आरोप लागेकी मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता लिने तयारी थालेकी हुन्।

आइतबार प्रधानमन्त्री कार्कीले मिश्रासहित पाँच मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर, मिश्राको विगतको विवादास्पद पृष्ठभूमिबारे सूचना प्राप्त भएपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया रोकिएको जनाएको छ।

प्रधानमन्त्री कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेललाई पनि सिफारिस गरेकी थिइन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka