Premier Cables
Premier Steel

अर्थ विराटनगर

श्रीकृष्ण गाैशालालाई राठी केबलकाे ३ लाख रुपैयाँ सहयाेग

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | राती ९:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अन्नपूर्ण केबल इन्डस्ट्रिजले विराटनगरकाे जतुवामा अवस्थित श्रीकृष्ण गाैशालालाई ३ लाख रुपैयाँ सहयोग गरेकाे छ । गौशालालाई अन्नपूर्ण केबल इन्डस्ट्रिज (राठी केवल) ले कर्पोरेट सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गत आर्थिक सहयोग गरेको हाे।

अन्नपुर्ण केबलका अध्यक्ष श्याम राठीले सो रकम बराबरको चेक गौशालाका अध्यक्ष शंकर अग्रवाललाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेका हुन्।
गौशालामा रहेका गाईहरूको पालनपोषण, उपचार तथा व्यवस्थापनका लागि वार्षिक एक करोड रुपैयाँ खर्च हुने गरेको अध्यक्ष अग्रवालले जानकारी दिएका छन्।

बिज्ञापन

गौशालाको सेवामा योगदान दिनु एक पुण्यकार्य भएको उल्लेख गर्दै अध्यक्ष राठीले समाजका अन्य व्यवसायी र उद्योगपतिहरूलाई पनि यस किसिमको सहयोगमा अग्रसर हुन आग्रह गरे ।

गौशालाका अध्यक्ष अग्रवालले यस्ता सहयोगबाट गौशालालाई मात्र नभई सम्पूर्ण समाजलाई सकारात्मक सन्देश जाने र अन्यलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।

गाैशालाले लामो समयदेखि विराटनगरमा बेसहारा, अशक्त तथा गौसंरक्षण आवश्यक गाईहरूको सेवा गर्दै आइरहेको संस्थाका रूपमा परिचित छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka