Premier Cables
Premier Steel

विराटनगर

राठी केबलद्वारा जिल्ला प्रशासन कार्यालयलाई ४ लाख बराबरका सामग्री सहयोग

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, असोज ०९, २०८२  | बिहान ११:२८ बजे

विराटनगर । जितेन्द्र राठी र श्याम राठी सञ्चालक रहेको अन्नपूर्ण राठी केबल इण्डष्ट्रिजले जिल्ला प्रशासन कार्यालय मोरङलाई विद्युतीय सामग्री सहयोग गरेको छ । एक कार्यक्रमबीच ती सामग्री हस्तान्तरण गरिएको छ ।

अन्नपूर्ण राठी केबल इण्डष्ट्रिजले भाद्र २४ गते जेन–जी युवा पुस्ताको आन्दोलनको क्रममा आगजनीबाट पूर्ण रूपमा प्रभावित जिल्ला प्रशासन कार्यालय मोरङलाई ४ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । यसअघि मालपोत कार्यालय मोरङ विराटनगरलाई सहयोग गरिएको थियो ।

बिज्ञापन

अन्नपूर्ण राठी केबल इण्डष्ट्रिजका अध्यक्ष जितेन्द्र राठी र प्रबन्ध निर्देशक श्याम राठीले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ४ लाख ती सामग्री हस्तान्तरण गरेका छन् । मंगलबार मालपोत कार्यालय मोरङ विराटनगरलाई ३ लाख रुपैयाँ बराबरको विद्युतीय सामग्री हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक श्याम राठीले बताएका छन् ।

प्रबन्ध निर्देशक श्याम राठीका अनुसार व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत अन्नपूर्ण राठी केबल इण्डष्ट्रिजले जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर र मालपोत कार्यालय मोरङ विराटनगरलाई विद्युत् जडानका लागि चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरिएको बताए ।

मोरङ जिल्लाको कटहरी गाउँपालिकाको वडा नं ४ मा अन्नपूर्ण राठी केबल इण्डष्ट्रिज सञ्चालनमा छ । उद्योगले आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सरकारी निकायलाई व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहयोग गरिरहेका े जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka